कपिलवस्तु ।
कपिलवस्तुको यशोधरा गाउपालिकाका प्रभावशाली नेता तथा सांसद बृजेश कुमार गुप्ताका नजिकका मानिएका राकेश पाठक सहित सयौ कार्यकता कांग्रेसमा प्रबेश गरेका छन् । पाठक सांसद गुप्ताको स्वतन्त्र समुहमा आबद्ध थिए । कांग्रेसद्धारा मर्यादपुरमा आयोजित दिपावलीको श्भकामना आदान प्रदान तथा पार्टी प्रबेश कार्यक्रमा नेता पाठक कांग्रेसमा प्रबेश गरेका हुन ।
पाठकलाई कांग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्रराज आचार्य र क्षेत्र नम्बर २ ख का उम्मेदवार सुधाकर पाण्डेयले टीका लगाएर पार्टी प्रबेश गराएका हुन । सो अवसरमा नेता पाठकले अब आफु राष्ट्रियता लोकतन्त्र समाजबादको सिद्धान्तमा अघि बढी कांग्रेस उम्मेदवारलाई जिताउन हर तरहले लाग्ने बताए । उनले आउने निर्वाचनमा कांग्रेसका उम्मेदवारले जित्ने दाबी गरेका छन । उनले सबैलाई कांग्रेस सहीत गठबन्धनका उम्मेदवारलाई जिताउन अपील गरे।
कार्यक्रममा कांग्रेस नेता सुरेन्द्रराज आचार्य , सुधाकर पाण्डेय, क्षेत्रीय सभापति गिरीजेश पाण्डेय, रामआषिष पाण्डेय लगायतका नेताहरुले सम्बोधन गरको थिए ।
बिभिन्न पार्टी छाडेर कांग्रेसमा धमाधम प्रबेश गर्न लागे पछि यो क्षेत्रमा कांग्रेस मजबुदत हुदै गएको कांग्रेस नेताहरु बताउँछन् ।








