वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ प्रदेश सभा निर्वाचनका लागि विद्यार्थी परिचालनको जिम्मेवारी कृष्ण आचार्यले पाएका छन् । नेपाल विधार्थी संघ केन्द्रिय समितिले एक पत्र मार्फत आचार्यलाई विद्यार्थी परिचालनको जिम्मेवारी दिएको हो ।
आचार्य लामो समयदेखि विधार्थी राजनितिमा संक्रिय छन् ।
मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर २ मा बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जित हासिल गर्ने उनको दाबी छ ।
‘विश्वास गरेर यो जिम्मेवारी दिनु भएको छ । यो जिम्मेवारीलाई म प्रतिवद्ध भएर पुरा गर्ने छु,’ उनले भने, ‘कपिलवस्तु क्षेत्र नम्बर २ मा बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छ ।’









