वैखरी अनलाइन, बाणगंगा
दिर्घ नारायण पाण्डेय यतीबेला फेरी चर्चामा छन । यसो त दल फेर्ने समयमा भन्दा उनी अरुबेला कहिल्यै चर्चामा आउदैन्न ।
उनी पछिल्लो समय जनताको सेवामा भन्दापनि लाभको पदको पछि लाग्दा उनको लोकप्रियता खस्कीएको समेत छ ।
पूर्व राष्ट्रिय सभा सदस्य दृर्घनारायण पाण्डेय पुनः एमालेमा फर्किएका छन् । ०७४ सालमा कांग्रेस परित्याग गरी एमालेबाट प्रदेश सभा सदस्य जितेका पाण्डेय यही बीचमा सांसद पद त्याग्दै कांग्रेस प्रवेश गरेका थिए ।
कांग्रेस प्रवेश गरी राष्ट्रिय सभा सदस्य भएका उनी आसन्न मंसिर ४ को निर्वाचनमा प्रदेश सभाको आकांक्षी थिए ।
कांग्रेसले टिकट नदिए पछि उनी सोमबार एमालेमा फर्किएका हुन् ।
एमाले कपिलवस्तुको पार्टी कार्यालयमा उनलाई नेताहरुले स्वागत गरेका छन् । तर यो भन्दा अगाडी उनका साथमा रहेका मतदाता भने अहिले उनी एमालेमा प्रवेश गर्दा आक्रोशित छन । पाण्डेय पद नभए जतापनि जाने, बिचारको राजनिति भएन त्यसैले उनी एमाले गएपनि अव पाण्डेयको पछाडी नलाग्ने सरेश यादवले वैखरी अनलाइनलाई बताए ।
पाण्डेय यिनै नेता हुन् जसको कारण तत्कालिन लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको थियो । उनकै कारण पोख्रेल नेतृत्वको सरकार ढलेको थियो ।
एमालेबाट सांसद रहेका उनले शंकर पोख्रेलको सरकारलाई अल्पमतमा पार्दै सांसदबाट राजीनामा दिएका थिए ।
कपिलवस्तुको महराजगन्ज निवासी उनी प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रका मतदाता रहेका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनबाट उनी जिल्ला भित्र चर्चामा आएका थिए ।
कारण थियो नेपाली कांग्रेस भित्र बागी उम्मेदवार बन्नु । महाराजगञ्ज नगरपालिका निवासी पाण्डेय कांग्रेसबाट मेयरको उम्मेदवार बन्न चाहन्थे । तर, उनको बीचमा कांग्रेस कपिलवस्तुका उपसभापति अब्दुल कलाम तगारो बने । कलामले मेयरको टिकट पाए तर, पाण्डेयले पाएनन् ।
टिकट नपाएको झोकमा उनी पार्टीका आधिकारीक उम्मेदवार विरुद्ध बागी उठे । उनी बागी उठेपछि कांग्रेसलाई तनाव भएको थियो । महाराजगञ्ज गाविसमा ०५४ सालको स्थानीय निकायको चुनावमा गाविस अध्यक्ष भएर काम गरेका उनी गाउँठाउँको विकासमा सक्रिय थिए । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित महारागञ्ज गाविस त्यस बेलाको जनसंख्याको हिसाबले जिल्लाको ठूलो गाविस थियो ।
स्थानीय तहको चुनावमा कांग्रेसका कलामले चुनाव जिते । कांग्रेसको राम्रो बाहुल्यता रहेको यो नगरमा पाण्डेय दोस्रो स्थानमा आए । स्वतन्त्र चुनाव चिह्न लिएर चुनाव लडेका उनलाई घोषित रुपमा कुनै पार्टीको सहमती थिएन । कलामलाई उनले चुनाव हराउने आँकलन जिल्लाबासीमा थियो ।
कांग्रेसका उम्मेदवार विरुद्ध बागी उठेपछि उनलाई पार्टीले कारबाही गरेको थियो । उनी केही महिना स्वतन्त्र पूर्वक राजनीति गतिविधिमा सक्रिय थिए ।
लगत्तै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सरगर्मी बढ्यो ।
कांग्रेसबाट बागी उठेपनि आफुले सम्मानजनक भोट पाएको, बागी भएपनि पार्टीकै उम्मेदवारले चुनाव जितेको, विपक्षी पार्टीको प्रभाव कमजोर रहेकाले आफुले बागी उठेको गल्ती स्विकार गरे पार्टीले प्रदेश सभामा टिकट दिने उनको अपेक्षा थियो ।








