गृहपृष्ठ Featured नेपालमा करिब ३२ मिनेटमा सकियो सूर्य ग्रहण

नेपालमा करिब ३२ मिनेटमा सकियो सूर्य ग्रहण

नेपालमा मंगलबार करिब ३२ मिनेट सूर्य ग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार मंगलबार साँझ ४ बजेर ५२ मिनेटदेखि ५ बजेर २४ मिनेट जाँदासम्म ग्रहण लागेको हो।

यसपटकको सूर्य ग्रहण आइसल्याण्डबाट सुरु भएको थियो। त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको थियो।

नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिँदैन र सूर्य सूर्यास्ततिर अग्रसर हुन जान्छ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ।

सम्बन्धित् समाचार