सागर वि.क., वैखरी अनलाईन ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कपिलवस्तुमा निर्वाचन सामग्री आइपुगेको छ । मतदानमा आवश्यक पर्ने सामानहरू जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुमा बुधबार साँझ आइपुगेको हो ।
कार्यालयले निर्वाचन आयोगबाट आएका सबै निर्वाचन सामग्री प्याकिङ गरी मतदान केन्द्रमा पठाउने कार्य अघि बढाएको छ ।
कार्यालयले मतदानका लागि चाहिने ५६ प्रकारका सामग्रीको रुजु गर्ने तथा प्याकेजिङ गर्ने काम गरिरहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सुचना अधिकृत अनिता क्षेत्रीले जानकारी दिईन् । प्रत्यक्ष तर्फको मतपत्रसहित मतपेटीका, छेकाबार सहितका सबै किसिमका निर्वाचन सामग्रीहरू जिल्लामा आइपुगेको उनले बताईन् ।
मंसिर १ गतेसम्म मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याउने गरि तयारी भईरहेको उनले जानकारी दिईन् । निर्वाचन कार्यालयले सम्बन्धि निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामग्री छोडदिने र त्यस पश्चात उनीहरुले आआफ्ना क्षेत्रका मतदान अधिकृतलाई बाढ्ने उनले बताईन् ।
जिल्लामा २ सय ३४ मतदानस्थल र ४ सय ७२ वटा मतदान केन्द्र छन् । जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेका छन् ।








