गृहपृष्ठ Featured नेपाल भुटानलाई हराएर शीर्षमा

नेपाल भुटानलाई हराएर शीर्षमा

काठमाडौँ ।

नेपाल वुमेन्स यू–१५ साफ च्याम्पियनसीपको शीर्ष स्थानमा उक्लेको छ । नेपालले बुधबार बंगलादेशको ढाकामा भएको खेलमा भुटानलाई १–० ले हराएको हो । नेपालको यो लगातार तेस्रो जित पनि हो ।

नेपालका लागि सब्टिच्युट सेनु परियारले निर्णायक गोल गरिन् । गोलरहित बराबरीपछि उनले ४९ औं मिनेटमा गोल गरिन् । उनी वर्षा ओलीको स्थानमा मैदानमा छिरेकी थिइन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो ।

यस्तै नेपालको एक जित बंगलादेशविरुद्ध रहेको छ ।

नेपालको तीन खेलबाट ९ अंक भएको छ । लगातार चौथो हार बेहोर्दै भुटानले निराशाजनकरूपमा प्रतियोगिता टुंग्याएको छ ।

सम्बन्धित् समाचार