गृहपृष्ठ Featured नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली घोषणा

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली घोषणा

काठमाडौं ।

यही कात्तिक ३० गते नेपालसँग हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टोली घोषणा भएको छ ।

पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।

नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ ।

फिफाको नउलम्बन फुकूवा भएपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

खेल दशरथ रंगशालामा हुनेछ ।

सम्बन्धित् समाचार