वैखरी अनलाईन, बाणगंगा ।
आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरेले मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका छन् । बाणगंगा नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गर्दै घिमिरे मतदाताहरुलाई आफ्ना विकासका एजेण्डा बुझाउन व्यस्त छन् ।
लामो समय यस क्षेत्रको सामाजिक विकासका कार्यमा सक्रिय रहदै आएका उनले मतदातको प्रतिक्रियाले आफु उत्साहित भएको बताएका छन् । ‘अहिले घरदैलो कार्यक्रममा व्यस्त छु । मतदातालाई भेट्ने, उहाँहरुका कुराहरु सुन्ने र उहाँहरु माँझ यस क्षेत्रको विकासका एजेण्डाहरु प्रस्तुत गरिरहेको छु,’ उनले भने, ‘त्यस क्रममा सबैबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित छु ।’
मतदाता भेटने क्रममा बाणगंगा १० पुगेका घिमिरेलाई एक स्थानीयले दुख पर्दा साथ दिएको स्मरण गरे । ‘उहाँ (घिमिरे) बर्षौदेखि सामाजिक काममा संक्रिय हुनुहुन्छ,’ उनले भने, ‘शान्त सालिन स्वभावका उहाँले सधै दुख पर्दा साथ दिएको भुलेका छैनौं, साथ दिन्छौ ।’
उनले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताए । काम गर्ने दृढ संकल्प आफुसंग भएको उनले दाबी गरे ।








