गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : राजधानी बुटवल फर्काउने भन्दै भोट मागिरहेका पौडेल र खाँण

लुम्बिनी प्रदेश : राजधानी बुटवल फर्काउने भन्दै भोट मागिरहेका पौडेल र खाँण

पाँच वर्षअघिको चुनावमा रूपन्देहीका प्रदेश सभा र प्रतिनिधिसभा सदस्यका उम्मेदवारको मुख्य एजेण्डा थियो– प्रदेश राजधानी बुटवल नै कायम गराउने । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि यही विषयलाई मुख्य एजेण्डा बनाए, रूपन्देही क्षेत्र २ बाट प्रतिनिधिसभा चुनाव जिते ।

तर, एमाले नेतृत्वकै सरकार रहेका बेला स्थायी राजधानी दाङमा बनाउने निर्णय भयो । २० असोज २०७७ मा लुम्बिनी प्रदेश सभाले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ राख्ने निर्णय लियो ।

यसपटक पनि रूपन्देहीका प्रदेश सभा र प्रतिनिधिसभा सदस्यका उम्मेदवारले प्रदेश राजधानी बुटवलमै फर्काउने विषयलाई चुनावी एजेण्डा बनाएका छन् । नेकपा एमालेका उपाध्यक्ष पौडेल र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नै प्रदेश राजधानी बुटवल फर्काउने धारणा राखिरहेका छन् ।

सम्बन्धित् समाचार