काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत यही मंसिर ४ गते मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार सो दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
आयोगले मतदान गर्ने तरिकाबारे जानकारी गराएको छ । मतदान केन्द्रभित्र प्रवेश गरिसकेपछि मतदाताले सबैभन्दा पहिला मतदाता नामावलीमा नाम रुजु गराउनुपर्छ ।
त्यसपछि बायाँ हातको बुढीऔँलाको नङ र मासुको बीचमा पर्ने गरी मसी लगाउन लगाउनुपर्छ । र, पहिलो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा रातो रङले ‘१’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुपर्छ ।
- यस्तो छ मतदान गर्ने सही तरिका
त्यसपछि दोस्रो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर भएको मतपेटिकमा खसाल्नुपर्छ ।
त्यसपछि तेस्रो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा रातो रङले ‘३’ लेखिएको स्टिकर भएको मतपेटिकमा खसाल्नुपर्छ ।
याद गर्नोस्, यस्तो अवस्थामा बदर हुन्छ मतपत्र
अन्तिममा चौथो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ‘४’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुपर्छ र मतदान केन्द्रबाट बाहिर निस्किनुपर्छ ।
मतदाता परिचयपत्र नहुनेले मतदान गर्न पाइँदैन ?









