गृहपृष्ठ Featured रुपन्देही- २ : रास्वपाको अग्रता, एमालेका विष्णु पौडेल दोस्रो

रुपन्देही- २ : रास्वपाको अग्रता, एमालेका विष्णु पौडेल दोस्रो

बुटवल ।

रुपन्देही क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ९ सय मत गणना गर्दा स्वतन्त्र पार्टीका गणेश पौडेलले ३ सय ३४ मतसहित अग्रता लिएका हुन् ।

एमाले उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले २ सय ९३ मतसहित उनलाई पछ्याइरहेका छन् । जनमुक्तिका केशवबहादुर थापाले २ सय २४ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार यहाँ ८१ हजार २ सय २ मत खसेको छ । यस क्षेत्रबाट प्रतिनिधि सभामा १५ जना उम्मेदवार छन् ।

सम्बन्धित् समाचार