वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर १ मा मतगणना कार्यमा ढिलासुस्ती भएको छ । मतगणना गर्न कर्मचारी अभाव हुँदा ढिलासुस्ती भएको हो ।
अहिले शुद्धोधन गाउँपालिका- ४ को मतगणना कार्य सकिएको छ भने शुद्धोधन गाउँपालिका- ५ को मतगणना भईरहेको छ । हालसम्म प्राप्त जानकारी अनुसार नेकपा एमालले अग्रता कायम राखेको छ ।
शुद्धोधन गाउँपालिका ५ मा ३ हजार ४९ मत खसेकोमा एमालेले उम्मेदवारले १२ सय १९ पाएका छन् भने अन्यको गणना जारी छ ।
यस्तै अबको केही बेरमा प्रदेश तर्फको मतगणना गर्ने तयारी भर्ईरहेको बताईएको छ ।
१ लाख ४१ हजार १३ जना मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर १ मा ९२ हजार ४ सय ९० मत खसेको थियो ।








