प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र नंं. २ मा पनि मतगणना जारी रहेको छ । हालसम्मको नतिजाअनुसार प्रतिनिधिसभातर्फ पाल्पा २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे (सूर्य) ले अग्रता लिएका छन् ।
गैरेले ३०९४ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डे (कलम) ले २४२६ मत प्राप्त गरेका छन् ।
यसैबीच पाल्पा क्षेत्र नं.१ मा एमालेका उम्मेदवार नारायण आचार्य (सूर्य) ले २७५१ मतसहित अग्रता कायम गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका ज्ञानबहादुर गाहा (रुख) ले १२२५ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।








