पाल्पा ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पाल्पामा आठ हजार बढी मत बदर भएको छ । प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकमा बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभामा गरी आठ हजार २ सय ३९ वटा मत बदर भएको छ ।
दुई लाख १ हजार ३ सय २६ मतदाता रहेकामा प्रतिनिधि सभातर्फ एक लाख २१ हजार ५ सय ९७ मत खसेको थियो । जसमा ३ हजार ५ सय ४५ मत बदर भएको छ ।
प्रदेशसभातर्फ १ लाख २२ हजार ४ सय ४२ मत खसेकोमा ४ हजार ६ सय ९४ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए ।








