गृहपृष्ठ Featured अब पार्टीको रसिदले मात्रै देश बन्दैन : भण्डारी

अब पार्टीको रसिदले मात्रै देश बन्दैन : भण्डारी

बुटवल ।

नेपाली कांग्रेसका नेता एंव गुल्मी १ बाट निवार्चित सांसद डा. चन्द्र भण्डारीले नेपालको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् ।

नेपाल पछाडि पर्नुको मुख्य कारण नै भ्रष्टाचार भएको उल्लेख गर्दै उनले यसको निर्मूल गरेर मात्रै देश अगाडि बढ्न सक्ने धारणा राखे । उनले पञ्चायतमा जनताले पनि खानेपानी, सडक, शिक्षाको माग गर्ने गरेकोमा अहिलेको चुनावमा पनि जनताले त्यही समस्या उठाउनु परेको स्मरण गरे ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भण्डारीले भने, “३० वर्षमा पनि मुलुक जहाँको त्यहीँ छ, १० जना नेताका लागि देश बनेको होला तर, आम जनताका लागि देश बन्न सकेन, त्यसैले एकपटक देशलाई माथि राखेर सबैले सोचौँ, विकासमा जुटौँ, पार्टीको रसिदले मात्रै देश बन्दैन ।”

उनले देशमा जताततै दलाल समूहहरू हाबी हुँदा बेथिति बढेको बताए ।

सम्बन्धित् समाचार