गृहपृष्ठ Featured राप्ती प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन हुने

राप्ती प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन हुने

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन हुने भएको छ। अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना भएपछि उक्त समस्या समाधान हुने भएको छ।

यसअघि अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा सर्वसाधारणले सास्ती ब्यहोर्नुपर्थ्यो। अस्पतालले फालेका फोहरहरु किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे।

अब भने अस्पतालजन्य फोहरहरु सो केन्द्रमा पठाएर संक्रमणयुक्त फोहरलाई संक्रमणमुक्त बनाइने छ। अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ओम अर्यालका अनुसार संक्रमणमुक्त बनाइएका फोहर उपमहानगरपालिकाको जिम्मा लगाइनेछ।

सम्बन्धित् समाचार