कपिलवस्तु ।
जसपा कपिलवस्तु क्षेत्र नम्बर २ को २ ले पार्टीका आधिकारिक उम्मेदवारलाई निर्वाचनमा असयोग गरेको भन्दै कपिलवस्तु नगरपालिकाकी उम मेयर सुनिता गुप्ता सहित ७ जनामाथि कारबाहीको सिफारिस गरेको छ । जसपका नेता तथा २ को २ का उम्मेदवार अब्द्ुलर रसिद खाँले पार्टीको सदस्य भए पनि अन्य दलका उम्मेदवारलाई सघाएको प्रमाण फेला परे पछि उनीहरुलाई प्रदेश समितिमा कारबाहीकालागि सिफरिस गरिएको बताए ।
कारबाहीकालागि सिफारिस गएकाहरुमा जसपा नेतृ तथा कपिलवस्तु नगरपालिकाकी उप मेयर सुनिता गुप्ता, पार्टीको नगर अध्यक्ष जुबेर मुसलमान, नेतृ गीता श्रीवास्तव, अशोक नायक, बिरेन्द्र कुर्मी र रमेश मिश्रालाई सिफारिस गरिएको हो ।
कारबाहीमा सिफारिस गरिएकाहरु कपिलवस्तु नगरपालिका र यशोधरा गाउपालिकाका हुन । प्रदेशले कारबाहीको निर्णय गरे उनीहरु पदमुक्त हुने नेता खाले बताए ।
मंसिर ४ गते निर्वाचनको केही दिन अघि स्वर्गीय भगवानदास स्मृति कार्यक्रममा उप मेयरको श्रमिान संजायले आफनो श्रीमतिले उप मेयरबाट रानीनामा दिने घोषणा गरेका थिए ।
जसपाबाट निर्वाचित भए पनि संजय र उनकी पत्नी उप मेयर गुप्ता एमालेका उम्मेदवारलाई जिताउन खुलेयामा प्रचारप्रसारमा हिडेको नेता खाको आरोप छ ।








