गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाले फुटपाथमा राखिदैं आएका ठेलाहरु हटाउने

बाणगंगाले फुटपाथमा राखिदैं आएका ठेलाहरु हटाउने

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाले फुटपाथमा राखिदैं आएका ठेलाहरु हटाउने भएको छ । उपभोक्ता हित संरक्षण समितिको मंगलबार बसेको वैठकले फुटपाथमा रहेका ठेला हटाउने निर्णय गरेको हो ।

नगरपालिकाका विभिन्न सडक छेउमा संचालन हुदै आएका ठेलाहरु सो स्थानबाट हटाउने दिशातर्फ आफुहरु अघि बढेको मेयर चक्रपाणी अर्यालले बताए । फुटपाथमा ठेलाहरु राखेर व्यवसाय गर्दा सडकमै भिडभाड बढ्ने गरेको बताउँदै उनले भने, ‘भिडभाडले पार्किङमा समस्या हुने गरेको छ, जसले विभिन्न दुर्घटनाका घटनाहरु हुन्छन् । यस्ता समस्याको निराकरण गर्न यस्तो कदम चाल्ने निर्णयमा पुग्यौं ।’

ठेलाहरु हटाउन १५ दिने सुचना समेत जारी गरिने उनले बताए । सुचना जारी भएको म्याद सकिएपछि बजार अनुगमन गरेर ठेलाहरु हटाउने उनले दाबी गरे ।

यस्तै नगरपालिकाका विभिन्न स्थानमा संचालित व्यवसाय/फर्महरुलाई करको दायरामा ल्याउने निर्णय भएको मेयर अर्यालले वैखरीलाई जानकारी दिए । उनका अनुसार उक्त कार्यमा कपिलवस्तु उद्योग बाणिज्य संघले पनि समन्वय गर्ने छ ।

सम्बन्धित् समाचार