गृहपृष्ठ Featured पाल्पामा टिपर दुर्घटना : आठ जना घाइते

पाल्पामा टिपर दुर्घटना : आठ जना घाइते

पाल्पा  ।

पाल्पाको सर्देवामा मंगलबार भएको टिपर दुर्घटनामा आठ जना घाइते भएका छन् । लु २ ख ३५४० नम्बरको टिपर पल्टिँदा टिपरमा सवार चार जना र सडकमा हिँडेका चार जना घाइते भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

रैनादेवी छहरा -२, सोमादीको भर्लेमा भएको दुर्घटनाका घाइतेलाई पाल्पा सदरमुकाम तानसेन पठाइएको सोमादी सर्देवा प्रहरी चौकीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शिद्देश्वरस्थित चुनढुंगा खानीबाट सर्देवातर्फ आउँदै गरेको टिपरले सडकछेउमा हिँडेका चार विधार्थीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट नजिकैको घर र शौचालयमा पनि क्षति पुगेको छ ।

सम्बन्धित् समाचार