वैखरी अनलाइन, पटना ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- १० मा झारफुक गरी उपचार गर्ने बहानामा जबरजस्ती गर्ने एक जना पक्राउ परेका छन ।
बाणगंगा नगरपालिका वडा नः १० मेचकुरी डाडास्थित कोटीया माई थान भन्ने स्थानमा झारफुक गरी उपचार गर्ने बहानामा जबरजस्ती गर्ने बर्ष २७ का पप्पु हरिजन प्रकाउ परेका हुन । उनले स्थानिय एक महिलालाई झारफुकको बहानामा झाणीमा जानुपर्छ भनेर जगंल छेउ लगेर जवरजस्ती करणी गरेका थिए ।
रातको समयमा झारफुक गरेमा बिरामी ठिक हुने भन्दै बहानामा जबरजस्ती गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पिपराले प्रकाय गरेको छ ।
उनले यसअघिपनि यस्ता अपराधिक गतिविधिहरु गर्दै आई रहेको पाइएको छ । बिरामी परेका ब्यक्तिलाई झारफुक गर्ने बहानामा उनले जबरजस्तीकरणी गर्न खाज्ने गरेको स्थानियको भनाई छ ।
उनी माथि थप अनुसन्धान जारी प्रहरीले जनाएको छ । प्रहरीले यस्ता अन्धबिश्वासका पछाडी जलाग्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।








