गृहपृष्ठ Featured सरकारले पाँच दिनभित्रमा साझा कार्यक्रम ल्याउने, संयोजक ओली

सरकारले पाँच दिनभित्रमा साझा कार्यक्रम ल्याउने, संयोजक ओली

काठमाडौं

नयाँ सत्ता साझेदार दलको बैठकले पाँच दिनभित्र सरकारका  न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’ तयार गर्ने निर्णय गरेको छ। बिहीबार बिहान  प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा साझा कार्यक्रम तय गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग जानकारी दिँदै  गृहमन्त्री रवि लामिछानेले पाँच दिनभित्र सरकारका न्युनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्ने बताए।

रास्वपाका सभापतिसमेत रहेका लामिछानेका अनुसार समितिमा सत्ता साझेदार राजनीतिक दलहरुको तर्फबाट एक /एकजना प्रतिनिधि पठाउने निर्णय भएको हो।
उनले भने,’ समितिले पाँच दिनभित्र न्युनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्नेछ। त्यसपछि बैठकले छलफल गरेर अन्तिम रुप दिनेछ। ‘

यस्तै बैठकले मन्त्रिमण्डल विस्तार गर्दा क्षमताका आधारमा विस्तार  गरिने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले जानकारी दिए।

आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष ओली,रास्वपाका सभापति लामिछाने,राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी थिए।

सम्बन्धित् समाचार