वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोजन ग्यास विस्फोट हुदाँ बाणगंगा नगरपालिका वडा नम्बर ८ शिसनियाका करिब ६५ बर्षीय नासिर मोदमद पाखियाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनामा केही घाईते समेत भएका ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
थारु कल्याणकारिणी सभा बाणगंगाको आयोजनामा चौथो माघि महोत्सव बाणगंगा ९ को कपिल आरोग्य मन्दिर, कपिलधाममा आजदेखि सुरु भएको थियो ।








