गृहपृष्ठ Featured अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट नाडाल बाहिरिए

अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट नाडाल बाहिरिए

काठमाडौं ।

विश्व नम्बर एक राफेल नाडाल वर्षको पहिला ग्रान्डस्लाम अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका छन् ।

बुधबार रोड लाभेर अरेनामा अमेरिकन म्याकेन्जी म्याकडोनाल्डसँग सोझो सेटमा पराजित हुँदै साविक विजेता नाडाल बाहिरिएका हुन् ।

खुट्टाको चोटसँग लडिरहेका २२औं पटकका ग्रान्डस्लाम च्याम्पियन र दुई पटकका अष्ट्रेलियन ओपन विजेता नाडाल म्याकडोनाल्डसँग ६–४, ६–४, ७–५ को नतिजामा पराजित भए ।

विश्व वरियताको ६५औं स्थानका म्याकडोनाल्डले तेस्रो चरणमा ३१औं वरियताका योसिहितो निसिओका र डालिबोर भिर्सिनाबीचको विजेतासँग खेल्नेछन् ।

सम्बन्धित् समाचार