गृहपृष्ठ Featured बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण सुरु

बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण सुरु

बुटवल  ।

बुटवलमा अक्सिजन सुविधासहितका दुई वटा स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ । बुटवल उपमहानगरपालिका-१७ को मोतीपुर र वडा नम्बर १३ को बेलबासमा १६/१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बन्ने भएका हुन् ।

वडा १७ को मोतीपुरमा शुक्रबार एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरे ।

प्रमुख पाण्डेयले मोतीपुरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ का वडाका बासिन्दाले लाभ लिने बताए । उनले तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको बताए ।

सम्बन्धित् समाचार