कपिलवस्तु ।
नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको तौलिहवामा सम्पन्न ५१ औ अधिबेशनबाट केशव सिंह पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन । सिंहको नेतृत्वमा १७ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक राधा नेपालीले जानकारी दिईन ।
समितिको उपाध्यक्षहरुमा भगवानदास चौधरी र साधिका यादव, मन्त्रीमा संतोष कुमार श्रीवास्तव, कोषाध्यक्षमा नरेन्द्र बहादुर चौधरी, उपमन्त्रीमा कमल प्रसाद आचार्य, उप कोषाध्यक्षमा तारिक महमुद रहेका छन ।
यस्तै कार्य समिति सदस्यहरुमा पबित्रा पाण्डेय न्यौपाने, धर्मराज घिमिरे, मीनराज बेल्बासे, रबिन्द्रनाथ ठाकुर, अम्बिका थापा, कमला मरासिनी, हर्षराज कुर्मी केशरी प्रसाद जैसवाल र कमला बेल्बासे रहेका छन ।
अध्यष्क्ष सिंहले रेडक्रसको संस्थागत विकास र सेवा भावनामा आफ् सदैव लागी पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।









