काठमाडौं ।
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा विद्युतीय मतदान सुरु भएको हो ।
अध्यक्ष र महासचिवमा ५–५ जनाको उमेदवारी परेको छ । अध्यक्ष र महासचिव, कोषाध्यक्ष १–१ जना मात्रै चुनिनेछन् ।
अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोति बिक, वाङ्सु योञ्जन र लोकेस निरौला उमेदवार छन् । महासचिवका लागि उमेश आचार्य, कल्पना वाइवा, नरेश रोकाया, भाष्कर खनाल, सुदर्शन शिवाकोटी उमेदवार छन् ।
चार उपाध्यक्षका लागि १६ जनाको उमेदवारी परेको छ । महाधिवेशनले १० अध्यक्ष चुन्नेछ । १९९ सदस्यीय केन्द्रीय कमिटी चुनिने छ ।









