गृहपृष्ठ कपिलवस्तु बिशेष महाराजगंज बन्यो कपिलवस्तुकै ‘उत्कृष्ट नगरपालिका’

महाराजगंज बन्यो कपिलवस्तुकै ‘उत्कृष्ट नगरपालिका’

कपिलवस्तु ।

कपिलवस्तुको महाराजगंज नगरपालिका कार्यसम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट बनेको छ । महाराजगंजले ६८ दशमलव ६७ अंक प्राप्त गरी कपिलवस्तुका १० पालिकामध्ये प्रथम भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । मूल्याकंनका १७ वटा सूचकलाई आधार मान्दा महाराजगंज जिल्लामा पहिलो बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राजस्व सकंलन लक्ष्य पूरा गरेको, संचित कोष व्यवस्थापन प्रणाली लागू गरेको, आवधिक योजना तर्जुमा गरेको, नीति कार्यक्रम तथा बजेट समयमा पेस गरेको, आयव्यय प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण समयमै पेस गरेको लगायतका १७ वटा सूचाङ्क पूरा गरेको जनाएको छ ।

महाराजगंज नगरपालिकाका नगर प्रमुखले पालिका प्रथम स्थान हासिल गर्ने कार्यमा सहयोग गर्नेसबै प्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेअनुसारको काम गरेपछि जिल्ला प्रथम भएको बताए ।

पालिकाका सम्पूर्ण कर्मचारी र प्रतिनिधिको मेहनतले महाराजगंज जिल्ला प्रथम भएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए ।

जिल्लाको बाणगंगा नगरपालिका ५५.४७, बुद्धभूमि नगरपालिका ६०.०९, शिवराज नगरपालिका ६१.७५ कृष्णनगर नगरपालिका ४८.०४, कपिलवस्तु नगरपालिका ५२.९८ प्रतिशत अंक ल्याएका छन् ।

त्यसैगरी विजयनगर गाउँपालिका ५७.५३, यशोधरा गाउँपालिका ६२.०७, मायादेवी गाउँपालिका ५४.२३ र शुद्धोधन गाउँपालिकाले ५३.५२ अंक ल्याएका हुन् ।

सम्बन्धित् समाचार