गृहपृष्ठ Featured मायादेवी मन्दिरमा राखियो आधुनिक गजुर

मायादेवी मन्दिरमा राखियो आधुनिक गजुर

रुपन्देही ।

लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ । स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको हो ।

गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखिएको हो । गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिईएको छ ।

यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ । यसअघिको मन्दिरको गजुर पूरानो र जीर्ण भइसकेको थियो ।

सम्बन्धित् समाचार