गृहपृष्ठ Featured पश्चिम नवलपरासीमा नहरमा डुबेर २ छोरासहित एक महिलाको मृत्यु

पश्चिम नवलपरासीमा नहरमा डुबेर २ छोरासहित एक महिलाको मृत्यु

पश्चिम नवलपरासी ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

स्थानीय तीर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थारु र छोराहरू ९ वर्षीय कृष र ७ वर्षीय सुमितको शव भेटिएको हो ।

उनीहरू नहरमा हाम फालेको आशंका गरिए पनि पुष्टि भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार कुर्ता सलवारले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको थियो ।

सम्बन्धित् समाचार