गृहपृष्ठ Featured बाणगंगा- २ मा ११ वटा टोल बिकास संस्था गठन

बाणगंगा- २ मा ११ वटा टोल बिकास संस्था गठन

कपिलवस्तु ।
जिल्लाको बाणगंगा नगरपालिका- २ ले वडाका ११ वटा टोल बिकास संस्था गठन गरेको छ । गएको माघ २२ गतेबाट टोल बिकास संस्था गठन कार्य थालनी गरेको वडा नः २ ले  वडाका सबै टोल बिकास संस्था गठन गरेको हो ।
जसमा कल्याणेश्वर टोल बिकास संस्था नन्दनगरको अध्यक्षमा दिपक भुसाल, राजपुर टोल बिकास संस्थाको अध्यक्षमा खुमानन्द घिमिरे, बैजलपुर टोल बिकास संस्थाको अध्यक्षमा मान बहादुर बस्नेत, उत्तर पिपरा शान्ती टोल बिकास सस्थाको अध्यक्षमा राज कुमार श्रीस (राजु), दक्षिण पिपरा पोखरी टोल बिकास संस्थाको अध्यक्षमा बिमला गिरि , राधा कृष्ण कलौनी टोल बिकास संस्थाको अध्यक्षमा सिता लामिछाने, नवजागृति गोबडिहवा टोल बिकास संस्थाको अध्यक्षमा ज्ञान प्रसाद घिमिरे, गब्दैया कप्टैया टोल बिकास संस्थाको अध्यक्षमा दत्त बहादुर सिंजाली , त्यसैगरी लखनपारा टोल बिकास संस्थाको अध्यक्षमा योगेन्द्र चौधरी, बिसनपुरा टोल बिकास संस्थाको अध्यक्षमा सुन्दर अर्याल र तिनैया टोल बिकास ंसंस्थाको अध्यक्षमा राम प्रसाद चौधरीले जिम्मेवारी पाएका छन ।
११ वटै टोल बिकास संस्थालाई वडा नः २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले टोलको बिकासमा जिम्मेवार भई काम गर्न आग्रह गरेका छन । बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका पौडेलले वडाभित्रका नगर, प्रदेश र सघिंय योजनालाई समयमै कार्यन्वयन गर्न सबैसगं सहकार्य गरेर अगाडी बढने उनले बताए ।

सम्बन्धित् समाचार