गृहपृष्ठ Featured दाङमा लघुवित्त पीडितहरूले गरे प्रदर्शन

दाङमा लघुवित्त पीडितहरूले गरे प्रदर्शन

दाङ ।

लघुवित्त पीडितहरूले मंगलबार घोराहीमा प्रदर्शन गरेका छन् । उनीहरूले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । लघुवित्त संस्थाहरुले ऋणमा चर्को ब्याज जोडी ज्यादती गरेको भन्दै पीडितहरू प्रदर्शनमा उत्रिएका हुन् ।

लघुवित्त संस्थाले मनोमानी ढंगले गरिबहरूको उठिबास लगाइरहेको भन्दै त्यसविरुद्ध आफूहरू सडकमा उत्रिएको संघर्ष समितिकी अध्यक्ष पार्वती नेपालीले बताइन् ।

लघुवित्तको ज्यादती सहन नसकेर धेरैले घर नै छोडेर भाग्नुपर्ने अवस्था आएको भन्दै लघुवित्तको अनियमितताविरुद्ध आन्दोलन थप चर्काउने चेतावनी दिएकी छन् ।

सम्बन्धित् समाचार