
गत वैशाखमा मृत अवस्थामा भेटिएकी निशालाई मुलमानले अन्य दुई जनाको सहयोगमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी निशाको हत्या गर्ने मुसलमान र बाणगंगा कपिलवस्तुका सहयोगी अस्लाम मुसलमानलाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न अर्का एक व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
हत्याका मुख्य अभियुक्त मुसलमानलाई नेपाल भारतको सीमावर्ती क्षेत्रमा लुकी बसेको अवस्थामा पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृृदय थापाले जानकारी दिनुभयो ।
निशालाई गत वैशाख ३० गते राति मुसलमानले आफैले बोलाई हत्या गरी खेतको सुख्खा कुलोमा फालेका थिए । पत्रकार सम्मेलनमा अभियुक्त दुवै जनाले हत्या गरेको स्वीकार गरेका छन् ।








