जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट फागुन २५ गतेदेखि पुनः उडान सुरु गर्ने घोषणा गरेको छ । जजिराले भैरहवाबाट हप्तामा तीनवटा उडान गर्नेछ ।
जजिराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समयअनुसार बिहान आठ बजेर ५ मिनेटमा उडान भर्नेछ भने कुवेतमा स्थानीय समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा अवतरण गर्नेछ ।
जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म प्रारम्भिक २८ हजार ८३६ रुपैयाँमा एकतर्फी उडानका भाडा कायम गरेको छ ।








