गृहपृष्ठ Featured स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै, भोलि उम्मेदवारी दर्ता

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै, भोलि उम्मेदवारी दर्ता

काठमाडौं ।

स्वतन्त्र विद्यार्थीsobi युनियन (स्ववियु) को निर्वाचनका लागि शुक्रबार उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

शनिबार प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नामावली पनि शनिबार नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।

आगामी चैत ५ गते त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

सम्बन्धित् समाचार