गृहपृष्ठ Featured बाणगंगा बहुमुखि क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा विकास कुमार भट्टराईको उम्मेदवारी

बाणगंगा बहुमुखि क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा विकास कुमार भट्टराईको उम्मेदवारी

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा बहुमुखि क्याम्पस लौगाईमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुबाट विकास कुमार भट्टराईले उम्मेदवारीले दर्ता गराएका छन् ।

यस्तै अनेरास्ववियुबाट सचिवमा शिव शर्मा (शिशिर), कोषाध्यक्षमा सुरक्षा पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यहरुमा प्रभाकर विसी, कविता थारु, गंगाराम अधिकारी, खगिश्वरा जिसी, निर्मला सुनार, अस्मिता गिरी र सुमित गिरीको उम्मेदवारी दर्ता भएको छ ।

भोली उम्मेदवारको नामावलीमाथि दावी–विरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । त्यस्तै, पर्सी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएसँगै चुनावी प्रचारप्रसारको बाटो खुल्नेछ ।

आगामी बिहीबार राती १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाइने जनाइएको छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

सम्बन्धित् समाचार