वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा- १ बैरियामा संचालनमा रहेको ‘फ्रेस ट्रेड कन्सर्न’ ले आफ्नो सेवा विस्तार गरेको छ । कपिलवस्तुकै मुख्य व्यापारिक केन्द्रका रुपमा स्थापित यस क्षेत्रका ग्राहकको आवश्यकतालाई मध्येनजर गरि सेवा विस्तार गरिएको संचालक अजय घिमिरेले जानकारी दिए ।
२० लाखको लगानीमा सुरु गरेको व्यवसायमा हाल ४० लाख लगानी पुर्याएको उनले बताए । ‘यो एम्पलको आधिकारिक विक्रेता हो,’ उनले भने, ‘जहाँ मोटरसाईकदेखि अटोसम्मका सबै ब्याट्रीहरु उपलब्ध हुनुका साथै बनाउने काम पनि गछौं ।’

बजाज अटो, ईरेक्सा र मोटरसाईकका पार्टस एण्ड रिप्यर हुने सुविधा रहेको बताउँदै उनले रिकन्डिसनको सेवा समेत रहेको जानकारी दिए ।
उल्लेख गरिएका कुनै पनि सेवा तथा सामान नपाएर फर्किन परे उक्त सेवा तथा सामान निशुल्क उपलब्ध गराउने संचालक घिमिरेले उद्घोष गरे । कपिलवस्तु जिल्लामै आफुले सबै भन्दा सस्तो मुल्यमा सेवा दिने दाबी गर्दै उनले भने, ‘यदि यहाँ भन्दा जिल्लाका अन्य ठायँमा सस्तो पाउनुभयो भने मैले निशुल्क उपलब्ध गराउँछु ।’
रोजगारीको शिलशिलामा ६ बर्ष कतार बसेर आएका घिमिरेले यस व्यवसाय सुरु गरेको करिब २ महिना मात्र भएको छ ।
कतारमा ईलेक्ट्रोनिक सुपरवाईजरका रुपमा काम गरि अनुभव प्राप्त गरेका उनले पछिल्लो समय विराजनगरमा ब्याट्रीकै काम गर्दै आएका थिए ।
ब्याट्रीको लागी बुटवल, भैरहवादेखि काठमाण्डौंसम्म जानुपर्ने यस क्षेत्रका जनताको बाध्यात्मक अवस्थाको अन्त्य गर्न व्यवसाय महत्वपुर्ण सावित भईरहेको उनले बताए ।
विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने सोचले यस व्यवसाय संचालनमा ल्याएको उनको भनाई छ । अहिले युवाहरुमा ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने भावना जागृत भई व्यवसायतर्फ आकर्षित हुने क्रम बढेको उनले बताए ।
२८ बर्षीय घिमिरे बाणगंगा १ बैरिया निवासी हुन् ।








