गृहपृष्ठ Featured रुपन्देही राष्ट्रपति रनिङ शिल्डमा बुटवल विजयी

रुपन्देही राष्ट्रपति रनिङ शिल्डमा बुटवल विजयी

बुटवल ।

१३ औं रुपन्देही जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका विजयी भएको छ । मंगलबार बुटवलमा भएको अन्तिम खेलमा बुटवल १६ स्वर्ण, १४ रजत र १० कास्य जित्दै विजयी भएको हो ।

तिलोत्तमा नगरपालिका १६ स्वर्ण, ८ रजत र १४ कास्यसहित उपविजेता बन्यो । सैनामैना नगरपालिका भने ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तेस्रो बनेको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिकाले ४ स्वर्ण, २ वटा रजत ४ कास्य जित्दै चौथो स्थान हासिल गरेको छ । प्रतियोगिता ५ इभेन्टमा संचालन भएको थियो ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्र केश गुप्ता र प्रदेश खेलकुद परिषद्‍ लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित् समाचार