गृहपृष्ठ Featured रियालको हारले बार्सिलोना बलियो

रियालको हारले बार्सिलोना बलियो

काठमाडौं ।

साविक विजेता रियाल मड्रिड शनिबार राति घरेलु मैदानमै भिल्लारियालसँग पराजित भएपछि बार्सिलोनाको स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बन्दै गएको छ ।

कार्लो एन्सेलोट्टीको टिम रियालले अघिल्लो खेलमा बुधबार बार्सिलोनालाई उसकैको घरेलु मैदान ४–० ले हराउँदै कोपा डेल रेको फाइनलमा स्थान बनाएको थियो । तर, गए राति रियालले त्यही स्तरको प्रदर्शन गर्न सकेन ।

रियालले १६औँ मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ३९औँ मिनेटमा भिल्लारियालका सामुयल चुकवेजले बराबरी गोल फर्काए । ४८औँ मिनेटमा भिनिसियस जुनियरले गरेको गोलबाट रियालले पुनः अग्रता लियो । ७०औँ मिनेटमा भिल्लारियालका जोसे लुइस मोरालेसले बराबरी गोल फर्काए ।

८०औँ मिनेटमा चुकवेजले गरेको गोल भिल्लारियालको जितमा निर्णायक बन्यो । जितसँगै भिल्लारियालले २८ खेलबाट ४७ अंक जोडेको छ । त्यो चौथो स्थानको रियाल सोसिडाडभन्दा चार अंकले पछाडि हो ।

सम्बन्धित् समाचार