गृहपृष्ठ Featured नवलपरासीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं ।

नवलपरासीको बर्दघाट–सुस्ता पश्चिमको सरावल गाउँपालिका–१,तिलकपुरमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट सुस्ता पश्चिमकै सुनवल नगरपालिका–१३, बडेराका ३२ वर्षीय निरन्जीवी काफ्ले रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेलाई उपचारको लागि जिल्ला अस्पताल परासीमा चिकित्सकले मृत घोषणा गरेका गरेको प्रहरीले जानकारी दिएको छ ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ४१ २५ नम्बरको टिपरले वायाँ मोड्ने क्रममा सोही दिशातर्फ जादै गरेको लु ७७ प ७८ ९३ नम्बरको मोटरसाइकललाई बिहान साढे १० बजे ठक्कर दिएको हो ।

दुवै सवारी साधनसहित टिपर चालकलाई प्रहरी चौकी बासाले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित् समाचार