गृहपृष्ठ Featured रुपन्देहीको सियारीका २ सय ५० गाउँब्लक पीडितले पाए जग्गाधनी पूर्जा

रुपन्देहीको सियारीका २ सय ५० गाउँब्लक पीडितले पाए जग्गाधनी पूर्जा

बुटवल ।

रुपन्देहीको सियारी गाउँपालिकाका गाउँब्लक समस्या भोगेका २ सय ५० परिवारले जग्गाधनी पूर्जा पाएका छन् । नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिका वडा नं २, ४ र ५ का घरपरिवारले जग्गाधनी पूर्जा पाएका हुन् ।

जग्गा जोतभोग गरिरहे पनि २०२५ सालको नापीमा छुट्दा उनीहरुले पूर्जा पाएका थिएनन् ।

गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पुर्जा वितरण गरेको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताए । जोतभोग गरेका जग्गाको पुर्जा नपाउँदा उनीहरुले जग्गा किनबेच गर्न र बैंकिङ कारोवार गर्न पाएका थिएनन् ।

रुपन्देही, नवलपरासीसहित तराईका विभिन्न २१ जिल्लामा यसैगरी नापी छुटेका तथा गाउँब्लकको समस्या विद्यमान छ । सियारीमा १ सय १५ गाउँब्लकमध्ये अब ३५ वटा ब्लकको पूर्जा वितरण गर्न बाँकी छ ।

रुपन्देहीमा १ हजार ८ सय गाउँब्लकको नापी भएकोमध्ये अब १ हजार एक सय ५० गाउँब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रीव यादवले जानकारी दिए ।

सम्बन्धित् समाचार