गृहपृष्ठ Featured भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले कपिलवस्तु जिल्ला हुदैं लुम्बिनी प्रदेशकै नमुना खानेपानी समिति हुने गरि काम गरिरहेको बताएका छन् । शुक्रबार बाणगंगा नगरपालिका– १ उत्तमनगरमा अवस्थित खानेपानीको हलमा भएको नयाँ बर्ष २०८० सालको अवसरमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले यस्तो बताएका हुन् ।

नयाँ बर्षको शुभकामना दिदैं उनले २०७९ सालमा समितिद्धारा निर्मित योजनाहरुलाई अबका दिनमा सही रुपमा कार्यान्वयन गर्ने दिशातर्फ आफुहरु अघि बढिरहेको बताए । खानेपानी र सरसफाई मानव जीवनका महत्वपुर्ण दुई पक्ष रहेको बताउँदै उनले यसतर्फ सबै सचेत हुन आवश्यक रहेको बताए । स्थानीय तहले खानेपानी र सरसफाईलाई दिनुपर्ने प्राथमिकता हाल दिन नसकेको उनको गुनासो छ । उपभोक्तालाई शुद्ध र स्वच्छ खानेपानीको उपलब्ध गराउन आफुहरु प्रतिवद्ध रहेको उनले जिकीर गरे ।

बाणगंगा नगरपालिका १ का वडाध्यक्ष सन्जु सारुले खानेपानी र सरसफाईलाई वडाले प्राथमिकतामा राखेको दाबी गरे । उनले यी दुई पक्षको सन्दर्भमा सबैको सल्लाह सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा अघि बढ्ने प्रतिवद्धता जनाए । आर्थिक बर्ष २०७८÷७९ मा वडाबाट केही रकम विनियोजन गररै खानेपानीको क्षेत्रमा काम गरेको बताए ।

सचिव कृष्ण बहादुर शाहीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा समितिका सल्लाहकार कृष्णप्रसाद भट्टराई, दोलक बहादुर पछाई, बालकुमारी पन्त अधिकारी,अनुगमन समितिका सदस्य भोजराज आचार्य लगायतले शुभकामना मन्तव्य राखेको थिए ।

सम्बन्धित् समाचार