दाङ ।
दाङमा ब्रेक फेल भएर अनियन्त्रित बनेको बसबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । घोराही-लमही सडकखण्डमा शनिबार दिउँसो १ बजे ना ४ ख ६९५० नम्बरको बस मुसोटको घुम्ती नजिकै ब्रेक फेल अनियन्त्रित भएको थियो ।
सो क्रममा बसबाट हाम फाल्दा घाइते भएकी बंगलाचुली गाउँपालिका- ६ लापे ३० वर्षीया यमि घर्ती मगरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।








