गृहपृष्ठ Featured राजस्थानको चौथो जित

राजस्थानको चौथो जित

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । राजस्थानले आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकाल्यो ।

अहमदाबादमा गुजरातले प्रस्तुत गरेको १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा कप्तान सन्जु सामसनले ६० रन बनाए । सामसनले ३२ बलमा तीन चौका र ६ छक्का प्रहार गरे । यस्तै, सिम्रन हेटमायरले २६ बलमा दुई चौका र पाँच छक्कासहित ५६ रन बनाए । देवदत्त पाडिकलले २६, ध्रुव जुरेलले १८ र रविचन्द्रन आश्विनले १० रन बनाए ।

गुजरातका मोहम्मद सामीले तीन विकेट लिए । राशिद खानले दुई विकेट लिँदा नुर अहमेद र हार्दिक पन्ड्याले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७७ रनको योगफल खडा गरेको थियो ।

गुजरातका डेविड मिलरले ४६ रन बनाएका थिए । सुभमन गिलले ४५, कप्तान हार्दिक पन्ड्याले २८, अभिनव मनोहरले २७ र साइ सुदर्शनले २० रन जोडे ।

राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए । ट्रेन्ट बोल्ड, एडम जाम्पा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा छ ।

सम्बन्धित् समाचार