गुल्मी ।
गुल्मीमा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका रातडाडाँमा छल्दिपनाह खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मदाने गाउँपालिका-६ पुर्कोटदह निवासी ३७ वर्षीय भिम कुँवरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
कुँवर रातडाँडा–इन्द्रेगौडा सडकमा ठेकेदारको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।








