गृहपृष्ठ Featured भारतको हरियाणामा मिल भत्किँदा चार मजदुरको मृत्यु, २० घाइते

भारतको हरियाणामा मिल भत्किँदा चार मजदुरको मृत्यु, २० घाइते

भारतको हरियाणा राज्यको कर्नालमा एउटा धान कुट्ने मिल रहेको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । तीन तले भवन भत्किँदा त्यहाँ सुतिरहेका मजदुरहरुको मृत्यु भएको हो ।

मिलमा १५० कामदार रहेको जनाइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भग्नावशेषमा अन्य कामदार पुरिएको आशंकामा उद्धार कार्य जारी छ ।

भवन निर्माणमा संरचनागत त्रुटि देखिएको भन्दै घटनाको छानबिन गर्न समिति गठन गरिने भएको छ ।

मृतकका परिवारलाई उचित क्षतिपूति दिने घोषणा हरियाणा सरकारले गरेको छ ।

सम्बन्धित् समाचार