गृहपृष्ठ Featured आगलागी पिडित परिवारलाई सांसद आर्चायको सहयोग

आगलागी पिडित परिवारलाई सांसद आर्चायको सहयोग

 वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र राज आर्चायले आगलागी पिडितलाई आर्थिक सहयोग गरेका छन् । गत चैत २८ गते कपिलवस्तुको यशोधरा गाउँपालिका ८ मधुनगरमा केही परिवारको घर आगलागी भएको थियो । आगलागीबाट स्थानीय कमला पासी, सोनमती पासी, लक्ष्मी पासी र बेचना पासीको घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो भने पशुचौपया समेत मरेका थिए ।

उनीहरुको घरमै पुगेर सांसद आचार्यले आर्थिक सहयोग गर्नुको साथै घर निर्माणको लागि समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले घर निर्माणको लागि काठको लागि डिभिजन वन कार्यालय र अन्य सहयोगको लागि जिल्ला प्रशासन कार्यालयमा समन्वय गर्ने भएका हुन् ।

सो कार्यक्रममा नेपाली कांग्रेस कपिलपस्तुका सभापति अब्दुल कलमको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार