गायकद्वय राजनराज सिवाकोटी र मिलन नेवार अमात्यले आफु सदभावनादूत रहेको हासपोसास्थित सहिद स्मृति आवासीय विद्यालयलाई फर्निचर, सुरक्षा सम्वद्ध उपकरण तथा शैक्षिक सामाग्री खरिदका लागि आवश्यक रकम हस्तान्तरण गरेका छन्।
नयाँ वर्षको उपलक्षमा संचालित विभिन्न कार्यक्रमहरुमा बेलायतस्थित नेपाली दूतावास, अग्रगामी समूह, गोर्खा पिस फाउन्डेसन, सगरमाथा गोर्खा नेप्लिज कम्युनिटि र ग्लास्को नेपाली एसोसिएसन लगायत विभिन्न सामाजिक अभियन्ताहरुको सरसहयोग रहेको थियो।
बिभिन्न राजनीतिक संघर्षका क्रममा सहिद भएकाहरुको छोराछोरी तथा अनाथहरूका बालबालिकाको शिक्षाका निम्ति काम गरिरहेको विद्यालयले जेठ ६ गते राती मिक्लाजुङ्ग–३ आरुबोटेमा नौ जनाको बीभत्स हत्याबाट बचेर भागेकी बालिका सीता खजुमको समेत प्रदेश सरकार मार्फत विद्यालय तह शिक्षाको जिम्मा लिएको छ।








