गृहपृष्ठ Featured बिटा थाईलेसिया रोगबाट प्रभावित बालिकालाई उपचार रकम हस्तान्तरण

बिटा थाईलेसिया रोगबाट प्रभावित बालिकालाई उपचार रकम हस्तान्तरण

बिटा थाईलेसिया नामक रोगबाट प्रभावित भएकी कपिलवस्तुकी एक बालिकाका लागी तौलिहवाका युवाहरुले संकलन गरेको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको छ । जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर ३ कि ६ बर्षिय गृष्मा खनाललाई जन्मिएको दुई महिना देखी सो रोग देखिएको हो । तौलिहवा स्थित बाल सेना ग्रुपले सामाजिक सञ्जाल र बिभिन्न बिद्यालयका बिद्यार्थीले दिउको खाजा खर्च कटाएको सहयोग रकम बापतको १ लाख ६१ हजार रुपैया बालिकाका बाबु श्रीधर खनाललाई हस्तान्तरण गरेको हो । बाल सेना ग्रुपका अध्यक्ष शिवशंकर तमोली, कपिलवस्तु नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सुदिप पौडेल, तौलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राम कुमार गुप्ता र समुहका सदस्य भानु चर्तुबेदी लगायतले खनाललाई सो रकम हस्तान्तरण गरेका थिए । सहयोग रकम बुझदै गृष्माका बाबु श्रीधरले छोरीलाई जन्मिएको दुई महिना पछि नै सो रोगको संक्रमण देखिएको जनाउदै पहिले मासिक १ पोका रगत दिनु पर्नेमा अब भने प्रत्यक २० दिनमा एक पोका रगत दिनु परेको बताए ।

छोरीको उपचार भारतको बेग्लोरमा भै रहेको जनाउदै बोन म्यारोको ट्रान्सप्लान्ट गरि हुने उपचारका लागी भारतीय २२ देखी २५ लाख खर्च लाग्ने अस्पतालले जानकारी दिएको खनालले बताए । आफनो न्युन आर्थिक अवस्थाका कारण छोरीको उपचार हुन नसकेको बताउदै उपचारका लागी सहयोगी हातहरुको सहयोगका लागी उनले अनुरोध गरे । हाल सम्म करिब ५ लाख रुपैया सहयोग संकलन भएको जनाउदै युवाहरुको सहयोगले छोरीको उपचारमा केहि हद सम्म सहयोग मिल्ने उनको भनाई थियो । बालिकाको उपचारका लागी तत्कालै ५ हजार रुपैया सहयोग गरेका वडा अध्यक्ष पौडेलले आफुले आवश्यक सहयोगका लागी बिभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाए । बालिकाको उपचारका लागी सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउने कार्य सगै बिभिन्न बिद्यालयमा पुगी बिद्याथीले खाजा खर्चबाट कटाएर दिएको सहयोगको रकम हस्तान्तरण गरिएको बाल सेना ग्रुपका अध्यक्ष शिवशंकर तमोलीले बताए । “हामीले गृष्मा बचाउ अभियान अन्र्तगत सहयोग रकम जुटाएका छौ । अभियानलाई निरन्तरता दिने छौ । ” तमोलीले भने ।

सम्बन्धित् समाचार