गृहपृष्ठ Featured शितगंगा- १४ द्धारा जेष्ठ नागरिकलाई आर्थिक रकमसहित सम्मान

शितगंगा- १४ द्धारा जेष्ठ नागरिकलाई आर्थिक रकमसहित सम्मान

वैखरी अनलाईन, बाणगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ ले ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच ३३ जनालाई जेष्ठ नागरिकलाई आर्थिक रकमसहित सम्मान गरिएको हो ।

वडाभित्र रहेका ३३ जना ८४ बर्ष पुगेका जेष्ठ नागरिकलाई २५ हजारका दरले सम्मान गरिएको वडाध्यक्ष दामोदर न्यौपानेले जानकारी दिए । जेष्ठ नागरिक सबैका अभिभावक भएकाले उनीहरुलाई सम्मान गरिएको उनको भनाई छ ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने उनले प्रतिवद्धता जनाएका छन् । वडाध्यक्ष न्यौपानेले जनताले प्रत्यक्ष लाभ लिने गरि वडाले काम गरिरहेको भन्दै वडाबासीको दुख सुखमा वडा सधै साथमा रहेको बताए । नगर प्रमुख छबिलाल पौडेलले नगरले वृद्धवृद्धाहरुको सहजतालाई ख्याल गर्दै विभिन्न योजनासहित कार्यक्रम ल्याएको भन्दै अफ्ठ्यारो स्थितिमा नगर सधै साथमा रहेको जिकिर गरे ।

नगरप्रमुख पौडेलले जेष्ठ नागरिक सबैको लागी प्रेरणाको स्रोत भएको बताउँदै वडाले उदाहरणीय काम गरेको बताए । नगर प्रमुख पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, पुर्ब नगर उपप्रमुख टीका रेस्मी लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।

वडाध्यक्ष दामोदर न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य ओम बहादुर दर्लामीको स्वागत मन्तव्य राखेका थिए भने वडा सचिब मोदनाथ ज्ञवालीले सहजीकरण गरेका थिए । कार्यक्रम कार्यालय सहायक लेखनाथ पोख्रेलको सन्चालन सम्पन्न भएको हो ।

नगद सहित सम्मान पाएका वृद्धवृद्धाले बुढेसकालमा वडा सहारा बनेको भन्दै खुसी व्यक्त गरेका थिए ।

सम्बन्धित् समाचार