गृहपृष्ठ Featured बाणगंगा १० मा बजेट तर्जुमा सम्बन्धी राय सुझाव संकलन तथा अन्तरक्रिया

बाणगंगा १० मा बजेट तर्जुमा सम्बन्धी राय सुझाव संकलन तथा अन्तरक्रिया

वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० मा आर्थिक वर्ष २०८०÷८१ को बजेट तर्जुमा सम्बन्धी राय सुझाव संकलन तथा अन्तरक्रिाया कार्यक्रम सम्पन्न भएको छ ।

आगामि आर्थिक वर्षमा उपयुक्त योजना छनौट गरि ति योजनाको लागि उपयुक्त बजेट बाडफाँड गरि वडाका सम्पुर्ण योजनालाई सफल गराउन उक्त अन्तरक्रिाया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य, शिक्षा र आर्थिक रुपमा स्वरोजगारका लागि ठोस योजना सहितको लगानी गर्ने, भौतिक पुर्वाधारका कार्य गर्दा दिर्घकालिन योजना बनाउने, शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थी अनुपातमा शिक्षक र भौतिक पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने लगायतका सुझाब आएका थिए ।

वडा अध्यक्ष यम प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव सन्त प्रसाद चौधरीले गर्नुभएको थियो भने वडा सदस्य राम शंकर थारुको स्वागत रहेको थियो । सो अवसरमा बाल्दै वडाध्यक्ष यम प्रसाद पोखरेलले वडाबासीको चाहना तथा आएका सुझावलाई मध्यनजर गर्दै आगामी बजेट बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

सम्बन्धित् समाचार